Suvadin, Home

आणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय दिवस
 किन रोकिदैन आणविक परीक्षण? 

अाणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ। सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको अगस्ट २९ लाई आणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय  दिवसको रुपमा मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन सुरु गरिएको हो।
मिसाइल।

काठमाडाैं, भदौ १३– आणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ। सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको अगस्ट २९ लाई आणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय  दिवसको रुपमा मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन सुरु गरिएको हो।

सन् १९९६ मा व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि भएपनि त्यसको प्रभावकारी कार्यान्वय भने हुन सकेको छैन।

आणविक हतियारको परीक्षण २० औं शताब्दीको मध्य तिरबाट सुरु भएको हो। सन् १९४५ को जुलाई १६ मा पहिलो पटक आणविक हतियार परीक्षण भएको थियो। त्यसयता अहिलेसम्म झण्डै दुई हजार वटा आणविक परीक्षण भएको राष्ट्रसंघले जनाएको छ। 

युद्धको पनि केही खास नियम हुन्छ जसमा बालक बृद्ध र आत्मा समर्पण गर्न चाहनेलाई हत्या गर्नु हुँदैन। न कुनै रुख विरुवा नाश गर्न जायज छ, न फलफूलको रुख नै मास्न जायज छ। तर, आणविक, मिसाइल र क्षेप्यास्र प्रहार गर्दा न त बालक, वृद्ध या आत्मा समर्पण गर्ने नै बच्न सक्छन्। न रुख विरुवा, न फलफूलको रुख, न जीव जन्तु, स(साना जीवाणु नै बाँच्न सक्छन्। सारा कत्लेआम हुन्छन्।

जापानको शहर हिरोशिमा ६ अगस्त १९४५ को दिन संसारको पहिला परमाणु बम प्रहार गरेको थियो। यस परमाणु हमलाको कोड नाम लिटल ब्वोय राखिएको थियो ।  त्यो बम करिब ४००० किलो ग्राम वजन, तीन मीटर लम्बाइको थियो.

यस हमलामा हिरोशिमामा जम्मा तीन लाख ५० हजारको जनसंख्या मध्येबाट एक लाख ४०  हजार मानिस मरेका थिए। ७०  हजार मानिस तत्काल बम झर्नासाथ तुरन्तै मृत्यु भएको थियो. त्यही रेडिएशनबाट पीडÞित ७० हजार मानिसहरु सन् १९५० सम्ममा यसको प्रभावबाट पीडित भएर मृत्य भएको थियो।


 

More form the Internet

loading...