Suvadin, Home

ललितपुरमा मोबाइल मेला

ललितपुरमा माघ १४ देखि मोबाइल मेला सुरु हुने भएको छ। लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा आयोजना हुने मेलामा विभिन्न ब्राण्डका मोबाइलका अत्याधुनिक सुविधा सम्पन्न सेटहरु सुपथ मूल्यमा पाइने आयोजकले जनाएको छ। 

ललितपुर, माघ १०

सोमबार पत्रकार सम्मेलन गरी ग्रे मार्केटबाट आउने असुरक्षित र नक्कली मोबाइल सेटको व्यापारलाई निरुत्साहित पार्न पनि मेला आयोजना गरिएको जानकारी दिइएको हो।

माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा ३ लाख भन्दा धेरै ग्राहकले अवलोकन गर्ने र ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।

More form the Internet

loading...