Suvadin, Home
Nepal life 2.601M

नासाले मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्यो

वैज्ञानिकहरू पृथ्वीको ७ महिना यात्रा पश्चात मंगल ग्रहमा यानलार्इ ल्याण्ड गर्न सफल भएका हुन्। यसमा वैज्ञानिकहरूको वर्षाैको मिहेनत र योजना रहेको छ। नासाले ६ वर्षपछि पृथ्वीको नजिकको ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो।

काठमाडौं, ११ मंसिर – अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा र सूर्य मण्डलको अन्य ग्रहको अध्ययानका लागी अन्तरिक्ष यान अवतरण गरेको छ। नासाले ‘इन्साइट ल्याण्डर’ नामक अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिव पौने २ बजे मंगल ग्रहमा अवतरण गरेको हो।

इन्साइट ल्याण्डरले त्यहाँ पुगेर मंगल ग्रहको रहस्य पत्ता लगाउन अाफ्नो काम शुरू गरिसकेको छ। वैज्ञानिहरूले पहिलो पटक मंगल ग्रहको भित्रि भागको अध्ययन शुरू गर्न इन्साइट ल्याण्डर मंगल ग्रहमा पठाएका हुन्। मंगल ग्रहमा इन्साइटरको ल्याण्डिङ वैज्ञानिकहरूको सोच अनुरूप राम्रो भएपनि अाशा गरे अनुसार भने भएन्। मंगल ग्रहमा ४० प्रतिशत मानवहरूले मात्र सफलतापूर्वक ल्याण्डिङ गरेका छन्। त्यहाँको वातावरणले गर्दा मंगल ग्रहको अध्ययनमा बाधा उत्पन्न भइरहेको थियो।

वैज्ञानिकहरू पृथ्वीको ७ महिना यात्रा पश्चात मंगल ग्रहमा यानलार्इ ल्याण्ड गर्न सफल भएका हुन्। यसमा वैज्ञानिकहरूको वर्षाैको मिहेनत र योजना रहेको छ। नासाले ६ वर्षपछि पृथ्वीको नजिकको ग्रहमा सफलतापूर्वक अवतरण गरेको हो।

 यो यानले मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ। यसभन्दा अगाडि एक जर्मन उपकरणले मंगल ग्रहको पाँच मिटर तल गएर त्यहाँको तापमान पत्ता लगाएको थियो। ग्रहको यो तापमानले मंगल ग्रह अझै पनि कति सक्रिय छ भन्ने कुरा पत्ता लाग्ने नासाका वैज्ञानिकहरु बताउँछन्।

नासाका एक वैज्ञानिकले भने, 'हामीलाई अझै मंगल ग्रह मुनि तरल या ठोस पदार्थ छ कि छैन, यसको भित्री भाग कति ठूलो छ या छैन भन्ने कुराहरु थाहा छैन। इन्साइट ल्याण्डर यानले हामीलाई त्यसको जानकारी दिनेछ।’


 

More form the Internet

loading...