Suvadin, Home

ग्राहकका लागि एनसेलको नयाँ उपहार योजना

यो योजना अन्तर्गत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरू पाउने जारी विज्ञप्तिमा उल्लेख छ। कम्पनीका अनुसार यो अफर असार १४ बुधबा बाट लागू हुनेछ।
एनसेलको लोगो।


काठमाडौ, असार १४
एनसेलले ग्राहका लागि नयाँ अफर ल्याएको छ। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्। कम्पनीले ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार योजना ल्याएको छ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरू पाउने जारी विज्ञप्तिमा उल्लेख छ।  कम्पनीका अनुसार यो अफर असार १४ बुधबा बाट लागू हुनेछ। एनसेलका ग्राहकले एस्ट्रिक्स१७१२४ह्यास डायल गरी निर्देशनअनुसार अथवा अंग्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निस्शुल्क सहभागी हुन सक्छन्।

यो योजनामा सहभागिता जनाएपछि ग्राहकले विविध उपहारमध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाइम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन्।

आकर्षक उपहारअन्तर्गत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाइम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरूमध्ये कुनै एक हरेक दिन प्राप्त गर्न सक्ने जनाएको छ।

 


 

More form the Internet

loading...