Suvadin, Home

Cover Image

अब नम्बर पत्ता लगाउन १९७ मा फोन गरिरहनु नपर्ने

अब नेपाल टेलिकमले १९७ मा फोन नगरेरै आफूलाई आवश्यक पर्ने टेलिफोन नम्बर वेबसाइटबाटै हेरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

काठमाडौं । अब नेपाल टेलिकमले १९७ मा फोन नगरेरै आफूलाई आवश्यक पर्ने टेलिफोन नम्बर वेबसाइटबाटै हेरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

योसँगै वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको टेलिकमले जनाएको छ । 

नेपाल टेलिकमको वेब पेजमार्फत् यस प्रकारको पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको हो । यसका लागि कम्पनीको वेबसाइटमा लगइन गर्नुपर्छ । त्यसपछि त्यहाँ दिइएको टेलिकम इन्क्वेरीमा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्‍न सकिन्छ ।

व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकको हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

विगतमा पनि पीएसटीएन टेलिफोन नम्बर खोज्‍नका लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वेरी प्रणाली सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनः परिमार्जित रूपमा सञ्चालनमा ल्याइएको हो ।


 

More form the Internet

loading...