Suvadin, Home
Nepal life 3.22M

नेपालका युवा वैज्ञानिकले पाए इन्जिनियरिङ विधामा रजत पदक

‘नेत्रहीनका लागि आविष्कार’ भन्ने नारासहितको प्रस्तुति मार्फत उनीहरु रजत पदक हात पार्न सफल भएका हुन् ।

काठमाडौं, २६ मंसिर - थाइल्याण्डमा आयोजित सातौं एशिया प्रशान्त क्षेत्रको युवा वैज्ञानिक सम्मेलनमा नेपालका युवा वैज्ञानिकहरुले इन्जिनियरिङ विधामा रजत पदक प्राप्त गरेका छन्।

बृहस्पति विद्या सदनमा अध्ययनरत इन्जिनियरिङ विधाका राजेश श्रेष्ठ, सुजल राजभण्डारी र कृष्ण पोदारले रजत पदक हात पारेका हुन।

‘नेत्रहीनका लागि आविष्कार’ भन्ने नारासहितको प्रस्तुति मार्फत उनीहरु रजत पदक हात पार्न सफल भएका हुन् ।

प्रतियोगिताले आफूहरुलाई उचित वातावरण भए ज्ञान, विज्ञानको क्षेत्रमा ठूल्ठूला आविष्कार गर्न सक्ने महशुस गराएको रजत पदक विजेता टोली नेता राजेश श्रेष्ठले बताए। सम्मेलनमा नेपालका तर्फबाट तीनवटा प्रस्तुति रहेका थिए।
 


 

More form the Internet

loading...