Suvadin, Home
Nepal life 1.086M

अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरितः उत्तर काेरिया

उत्तर कोरियाले अाफूमाथि आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्र भएकाे अमेरिकी अाराेपकाे प्रतिवाद गरेकाे छ। उत्तर काेरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ यस्ताे अाराेप स्वीकार्य नहुने चेतावनी दिएकाे हाे।
उत्तर काेरियाली सर्वाेच्च नेता किम जाेङ उन।

काठमाडाैं, मंसिर ११ – उत्तर कोरियाले अाफूमाथि आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्र भएकाे अमेरिकी अाराेपकाे प्रतिवाद गरेकाे छ। उत्तर काेरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ यस्ताे अाराेप स्वीकार्य नहुने चेतावनी दिएकाे हाे।

अमेरिकाले बिनाआधार यस्तो आरोप लगाएको उत्तर कोरियामाथि प्रतिक्रिया छ। उत्तरले याे आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामकाे रुपमा टिप्पणी गरेकाे छा।

यस्ता आरोपहरु अमेरिकाले पहिले पनि लगाउने गरेको थियो। तर, उक्त आरोपहरु सत्य नभएको पनि उत्तर कोरियाले स्पष्ट पारेको छ।

प्योङयाङविरोधी अभियानले आफ्नो देशको आणविक कार्यक्रम विस्तारका क्षेत्रमा कुनै पनि असर नपर्ने पनि बताएको छ। उत्तर कोरियाले आतंकवादसँग आफ्नाे कुनै सम्बन्ध नरहेको स्पष्टीकरण पनि दिएको छ।


 

More form the Internet

loading...