Suvadin, Home

अाज मिति २०७४ साल माघ २६ गते शुक्रबार, यस्ताे छ तपार्इकाे राशीफल

अाज मिति २०७४ साल माघ २६ गते शुक्रबार। १२ वटा राशीकाे अाजकाे फल यस प्रकार रहेकाे छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएकाे हाे। तपार्इहरूकाे दिन शुभ रहाेस्।

मेष राशी – व्यापार व्यवसायमा राम्रो उन्नति होला। खेती–किसानी जस्ता कार्यमा विशेष लाभ हुने देखिन्छ। अनावश्यक खर्चमा कमी आउँला। राजनीतिक कार्यमा ख्याती कमाउने योग छ। नयाँ काम पाउने अनि नोकरीमा पदोन्नति हुने देखिन्छ। परिवारको सहयोगले महत्वपूर्ण काम बन्नेछ।

वृष राशी – धार्मिक कार्यमा रुची आउँदा तीर्थयात्राको अवसर प्राप्त हुनेछ। जग्गा जमीनको व्यवसायले सोचेको फल दिनेछ। कृषि र पशुपालन जस्ता व्यवसायमा सफल हुने योग रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ। शत्रु परास्त होलान्। भाग्य बलियो हुनेछ।

मिथुन राशी – जोश र जाँगरले आटेका काममा सफलता मिल्ने छ। भाग्य थालनी बलियो रहेकाले नयाँ काम पाउने योग छ। पति–पत्नी बिचको सम्बन्द सुमधुर रहनेछ। परिवारको सहयोगले बिशेष कार्यको थालनी हुनेछ। सामाजिक कार्यमा मन प्रसन्न रहनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

कर्कट राशी – अनावश्यक खर्चमा नियन्त्रण हुनेछ। दाम्पत्य जीवनमा खुसियाली छाउनेछ। परोपकारी काममा रुची बढ्नेछ। तिर्थ यात्राको अवसर मिल्नेछ। सामाजिक कार्यमा व्यस्त रहनुपर्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। नोकरीमा प्रशंसा पाइने छ। दिदीबहिनीसँग सम्बन्ध सुमधुर रहने छ।

सिंह राशी – समाजमा बोलीको प्रभाव बढ्नाले ठुला व्यक्तिको साथ मिल्ने छ। बौद्धिक काममा सफलता मिल्नेछ। पढाई लेखाइमा वर्चस्व रहनेछ। धार्मिक कार्यमा मन रमाउनेछ। दुर्घटनाको सम्भावना न्युन रहनेछ। नोकरीमा पहिने सफलताले मन प्रफुल्ल रहनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। सन्तान सुख मिल्नेछ। 

कन्या राशी – व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ। बोलीको प्रभाव बढ्नाले राम्रा काम सम्पादन हुनेछन। भाग्यवृद्धि हुनेछ। रोकिएका काम पुनः सञ्चालन हुने छन्। धार्मिक कार्यमा मन रमाउनेछ। नयाँ कामको थालनी हुनेछ। दाजुभाईसंग मनमुटाब हुन सक्छ। स्वास्थ्यमा समस्या आउने देखिन्छ।

तुला राशी – जग्गा जमिनको कारोबारबाट प्रशस्त फाइदा मिल्नेछ। धार्मिक काममा रुची बढ्नेछ भने मन शान्त रहनेछ। सन्तान सुख प्राप्त हुनेछ। दाजुभाई तथा दिदीबहिनीको सहयोगमा महत्वपूर्ण काम सम्पन्न हुनेछ। कृषि कामबाट लाभ मिल्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। मन खुशी रहनेछ।

वृश्चिक राशी – आमाबुवाको प्रयाप्त सहयोग र आशिर्बाद मिल्नाले धेरै कामहरु सफल हुनेछन्। सन्तानले खुसि दिनेछन्। आफन्तको सहयोग मिल्नेछ। नयाँ काममा हात हाल्ने मौका मिल्नेछ। कृषि कामबाट फाइदा मिल्नेछ। दाम्पत्य जीबनमा माधुर्यता छाउनेछ। बौद्धिक काममा सफलता मिल्नेछ। पढाई लेखाइमा सोचे जति सफलता मिल्नेछ।

धनु राशी – बौद्धिकस्तर उच्च रहनाले पढाई लेखाइमा सफलता मिल्नेछ। राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ। नोकरीमा उच्च स्थान हाशिल हुने सम्भावना देखिन्छ। सन्तानको सहयोगमा धेरै कामहरु सफल हुनेछन। दाम्पत्य जीवन सुखमय बित्नेछ।  महत्वपूर्ण व्यक्तिको सहयोग रहिरहने छ।

मकर राशी – धार्मिक काममा रुची बढ्नेछ। घरायसी काममा सफलता मिल्नेछ भने मन शान्त रहनेछ। आमाबुवाको सहयोग मिल्नाले नयाँ काममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ बन्नेछ।  पारिवारिक सम्बन्ध मजबुत रहनेछ।

कुम्भ राशी – बौद्धिक काममा सफलता मिल्नेछ। समाजमा बोलीको प्रभाब बढ्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीबनमा माधुर्यता छाउनेछ। व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। प्रतियोगितामा विजयी हुने योग रहेको छ। 

मीन राशी – धार्मिक काममा रुची बढ्नेछ। नोकरीमा पदोन्नतिको योग रहेको छ। शत्रुहरु पराजित हुनेछन। कृषि व्यवसायबाट प्रशस्त आम्दानी हुने देखिन्छ। नयाँ व्यापार सञ्चालन गर्ने मौका मिल्नेछ। पढाई लेखाइको लागि विदेश जाने मौका मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।


 

More form the Internet

loading...