Suvadin, Home
Citizen Bank 438.1k

Cover Image

कैलालीमा जीप र मोटरसाइकल ठोक्किँदा युवकको ज्यान गयो

 घाइते बमको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

कैलाली, २८ मंसिर – कैलालीको घोडाघोडी नगरपालिकाको साँडेपानीमा जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।

से ६ प ५२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जीप एक आपसमा ठोक्किँदा गएराति दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको बर्दगोरिया गाउँपालिका बौनियाका  ३२ वर्षीय चक्र बमको ज्यान गएको प्रहरीले जनाएको छ।  घाइते बमको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

सोही ठाउँका भजन सुनार गम्भीर घाइते भएका छन्। दुर्घटनामा घाइते भएका सुनारलाई थप उपचारका लागि नेपालगन्ज पठाइएपनि त्यहाँबाट काठमाडौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

घोडाघोडी नगरपालिकाका जीप चालक वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


 

More form the Internet

loading...