Suvadin, Home

साहित्यमय बन्यो पोखरा
नेपाली भूउपग्रहले लियो तीन देशको तस्बिर

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले तीन देशको तस्बिर लिएको छ । भूउपग्रहले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको हो ।

 काठमाडौं । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले तीन देशको तस्बिर लिएको छ । भूउपग्रहले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–१  पहिलो पटक ती तस्बिर लिन सफल भएको हो । 

झण्डै एक महिनाअघि नेपाली स्याट–१ ले उक्त तस्बिर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले  दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । नाष्टले आफ्ना प्राविधिक इञ्जिनियरलाई ग्राउण्ड स्टेशनबारे थप जानकारी हासिल गराउन केही दिनका लागि जापान पठाउने तयारी गरिरहेको छ ।

नाष्टले भू-उपग्रहबारे तीनदेखि चार दिनको तथ्यांक संकलन गरेर अध्ययन गर्दा ती तस्बिर कैद भएको सूचना प्राप्त गरेको थियो । नेपालले गएकाे वैशाख ४ गते नेपाली स्याट–१ नामक भूउपग्रह प्रक्षेपण गरेको थियो । 


 

More form the Internet

loading...