आज र भोली देशका हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षाको अनुमान

काठमाडाैं, ५ असोज – आज र भोलि उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बंगालको खाडीमा आएको समुन्द्री आँधीको कारण दुई दिनसम्म मौसम प्रभावित हुने भएको छ।
उपत्यकालगायत देशका विभिन्न स्थानमा हल्ला वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको छ। राजधानी लगायत देशको पूर्वी क्षेत्रमा भोलि बेलुकाबाट मौसममा सुधार आए पनि पश्चिम क्षेत्रमा भने अझै तीन चार दिन प्रभावित हुने मौसमविद् वरुण पौडेलले बताए।
‘मध्य र पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रमा पनि बर्षा हुन्छ। आइतबारदेखि मात्र मौसम सुधार हुन्छ,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने।