Suvadin, Home
Nepal Telecom 939.8k
सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो। काठमाडौंको भृकुटीमण्डपमा एक सातासम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका २ सय २२ स्टल रहनेछन्।

काठमाडौं, पुस २७


सुबिसु क्यान इन्फोटेक–२०१७ आगामी माघ १३ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ। बुधबार पत्रकार सम्मेलन गरी प्रदर्शनीबारे जानकारी गराएको हो।

काठमाडौंको भृकुटीमण्डपमा एक सातासम्म हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका २ सय २२ स्टल रहनेछन्।

प्रदर्शनीमा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एशोसरिज, डिलर डिस्ट्रिब्युसन र इन्टरनेट सेवा प्रदायकहरु सहभागी हुनेछन्।

प्रदर्शनीमा डिजिटल टिभी, उच्च क्षमता भएका इन्टरनेट सेवा प्रदायक र सामसुङका सुविधासम्पन्न आधुनिक मोबाइल सेटहरु मुख्य आकर्षण रहने दावी गरिएको छ।

यसैगरी, कम्प्युटरसम्बन्धी विभिन्न आधुनिक उपकरण र हाल उपलब्ध सबै सफ्टवेयरहरुको नयाँ भर्सन पनि उपलब्ध हुने आयोजकले जनाएको छ।

त्यसैगरी, सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधार र साइबर अपराध नियन्त्रणका उपायका बारेमा पनि मेलामा जानकारी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

मेलामा चार लाख अवलोकनकर्ताले प्रत्यक्ष सहभागिता जनाउने आयोजकको अपेक्षा छ ।


 

More form the Internet

loading...