Suvadin, Home

अनावश्यक टाउको दुख्छ? यस्ता छन् बच्ने उपाय

नरम र हल्का कपडाले थिप्दा मांशपेशीमा तनाव भएर दाउँको दुखेको हो भने आराम दिन्छ। तल माथि घुमाएर कपडाले टाउँकोलाई २० मिनेट थिच्नुहोस् । कम्तीमा पाँच पटक यसो गरे पछि तपाईले आरामको महशुस गर्नु हुन्छ।

१. नरम कपडाले हल्का थिच्नुहोस्                                                                                                                                                                                                             नरम र हल्का कपडाले थिप्दा मांशपेशीमा तनाव भएर दाउँको दुखेको हो भने आराम दिन्छ। तल माथि घुमाएर कपडाले टाउँकोलाई २० मिनेट थिच्नुहोस् । कम्तीमा पाँच पटक यसो गरे पछि तपाईले आरामको महशुस गर्नु हुन्छ।

२. शारीरिक अभ्यास गर्नुहोस् 
नियमित शारीरिक अभ्यास जस्तै हिड्ने, साइकल चलाउने र पौडी खेल्ने जस्ता काम टाउँको दुखाइका कारण बन्द नगर्नु होस्। यसले दुखाई कम गराउँछ। अमेरिकामा भएको एक अध्ययनमा १२ हप्तामा सम्म यस्ता गतिविधि नियमित गर्नेहरुको टाउँको दुखाइँबाट आराम मिलेको थियो। 

३. ध्यान गर्नुहोस् 
नियमित टाउँको दुख्छ भने तपाई ध्यान गर्नुहोस्। ध्यानको विभिन्न विधि अपनाएर मनलाई केन्द्रित गरि ध्यानमा रमाउँनुहोस्। यसले तपाईलाई टाउँको नियमित दुखाइबाट आराम दिलाउँछ। अमेरिकोको स्कुल अफ बाल्टिमोरले गरेको ताजा अनुसन्धानबाट विपश्सना ध्यानले शरीर र दिमागलाई सन्तुलन राख्ने हुदाँ गुणस्तरीय जीवनका लागि बरदान सावित बन्ने देखाएको छ। शरीरमा ध्यानले दुखाइ सहन सक्ने क्षमता बढाउँछ र माशपेशीहरुलाई आनन्द प्रदान गर्दछ।

४. योग गर्नु होस् 
दिमाग, मन र शरीरलाई आनन्द दिने एउटा मात्रै साधन योग हो। यो बैज्ञानिक रुपमा सिद्ध भैसकेको कुरा हो। योग श्वास प्रश्वासको अभ्यास हो। तर, यसले टाउँको दुखाइलाई तीन महिनामा ठीक पार्दछ। अमेरिकाको नेशनल सेन्टर फर कप्लिमेन्टरी एण्ड अल्टनेटिभ मेटिडिशनले गरेको रिसर्चका अनुसार योगको अभ्यासबाट तनाव, वैचन, तथा माइग्रेन पीडितलाई आराम मिलेको उल्लेख गरेको छ।

५. शरीरले आनन्द मान्ने काम गर्नुहोस् 
गहिरो स्वास लिनुहोस्। रमाइला गीत संगीत सुन्नहोस् र आफूलाई सम्झना भएका रमाइला क्षणका दृश्य सम्झदै कसैलाई वर्णन गर्नुहोस्। अध्ययनबाट टाउँको दुखाइँको समस्या भएका ९० प्रतिशत व्यक्ति आनन्दले सुत्न सकेको पाइएको थियो।

६. तातो वा चिसोले सेक्नुहोस् 
जो सुकै व्यक्तिलाई टाउँको दुखे पनि टाउँको दुखाइँको थेरापी गर्न सक्नुहुन्छ। तर, गर्भवती महिलाले चाहिँ यस्तो गर्नु हुदैँन। निधारको छेउका दुई खोविल्टा नजिक (कान माथि) आइस वा त्यस्तै तातो बस्तु राखेर थेरापी गर्न सक्नुहुन्छ। टाउँकोको रक्तसञ्चार गराउँन थेरापीले सहयोग गर्ने हुदाँ दुखाइ कम भएर जान्छ।


 

More form the Internet

loading...