Suvadin, Home
Citizen Bank 466.7k

Cover Image

आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन

आजका दिन ‘पितृदेवो भव’ भन्ने मान्यताअनुरुप बुवालाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ। बुवा नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौको उत्तरपट्टि रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरुप श्राद्ध, तर्पण आदि गर्ने चलन छ। देवघाट, स्वर्गद्वारी, रुरुक्षेत्र, विन्ध्यवासिनी लगायतका धार्मिक स्थलमा पनि बुवाप्रति श्राद्ध गर्नेको घुर्इचो लागेको छ।
कुशे अाैंसी

काठमाडौं, २४ भदाै – आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन मनाईंदैछ। देवकार्य र पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश घर–घरमा भित्र्याइन्छ।

आजका दिन ‘पितृदेवो भव’ भन्ने मान्यताअनुरुप बुवालाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा छ।

बुवा नहुनेहरुले पितृको तृप्ति एवं कल्याणको कामना गरी काठमाडौंको उत्तरपट्टि रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गई सम्झनास्वरुप श्राद्ध, तर्पण आदि गर्ने चलन छ। देवघाट, स्वर्गद्वारी, रुरुक्षेत्र, विन्ध्यवासिनी लगायतका धार्मिक स्थलमा पनि बुवाप्रति श्राद्ध गर्नेको घुर्इचो लागेको छ।

आजै नेपालका राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती पनि मनाईंदैछ। विक्रम संवत १९२३ साल भदौ कुशे औंसीका दिन जन्मेर १९५३ साल भदौ कुसे औंसीका दिन मोतीरामको निधन भएको थियो।

मोतीराम भट्टलाई माध्यमिक कालीन नेपाली साहित्य र श्रृँगारिक धाराका प्रवर्तक मानिन्छ। उनले कविता, गीत, गजल, नाटक, गद्य आदि लेखेर नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन्।


 

More form the Internet

loading...