Suvadin, Home

आज मिति २०७५ साल भाद्र २ गते शनीबार, हेर्नुहोस् तपार्इको राशीफल

आज मिति २०७५ साल भाद्र २ गते शनीबार। आज १२ वटा राशीफल यस प्रकार रहेको छ। पण्डित नारायण शास्त्रीले शुभदिनका लागि राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्।

मेष राशी– मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ। सानातिना समस्यामा अल्झिनुपर्नेछ। प्रेममा मनमुटाव रहला।

वृष राशी– चिताएको कामले तीव्रता लिनेछ। सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ।

मिथुन राशी – राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ। प्रेमीको सहयोग पाइनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ।

कर्कट राशी – आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। धार्मिक यात्राको योग छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ।

सिंह राशी – जोश जाँगर र हिम्मत बढ्नेछ। सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

कन्या राशी – महत्वपूर्ण अवसर गुम्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। यात्रामा मालसामान हराउन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ।

तुला राशी – वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। शुभ समाचार सुन्न पाईएला। व्यापार ब्यबसायबाट आम्दानी हुनेछ।

वृश्चिक राशी – रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। लाभदायक यात्रा हुनेछ। बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ।

धनु राशी – नजिकको मित्रसँग भेटघाट हुनेछ। चिन्ता छाडेर चिन्तन गर्ने समयछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। शत्रु क्षय होलान्।

मकर राशी – धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। रोमाञ्चक यात्रा होला। रोजगारको अवसर मिलनेछ। मधनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। 

कुम्भ राशी – शुभारम्भको चर्चा चल्नेछ। अतिथिको रूपमा सत्कार पाइएला। भौतिक साधन जुटाउने समय छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला।

मीन राशी – अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला। व्यवसायमा मन्दी आउनेछ। पाचनप्रणालीमा समस्या देखिनसक्छ। कार्यमा बाधा आउनेछ।
 


 

More form the Internet

loading...