Suvadin, Home

अब २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने, के भन्छन् नेपाली प्रयोगकर्ता?

ट्वीटरले  १४० को सट्टा २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधा प्रदान गरेको छ। यसअघि १४० क्यारेक्टरमा मात्र ट्वीट गर्ने सुविधा रहेकोमा ट्वीटरका सीईओ ज्याक डर्सेले मंगलबार रातिदेखि २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने घोषणा गरेका हुन्।
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक २२–  ट्वीटरले  १४० को सट्टा २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधा प्रदान गरेको छ।

यसअघि १४० क्यारेक्टरमा मात्र ट्वीट गर्ने सुविधा रहेकोमा ट्वीटरका सीईओ ज्याक डर्सेले मंगलबार रातिदेखि २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने घोषणा गरेका हुन्।

ट्वीटरले यसअघि गत महिना सीमित प्रयोगकर्तालाई १४० को सट्टा २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधा दिएर परीक्षण सुरु गरेको थियो।

ट्वीटरले अंग्रेजी, स्पेनिस जस्ता भाषामा १४० क्यारेक्टरमा ट्वीट गर्न समस्या भएको भन्दै यसलाई बढाएर २८० सम्म पुर्‍याइएको जानकारी दिएको छ।

ट्वीटर सन् २००६ मा सञ्चालनमा आएको हो। ट्वीटर सुरूवात भएदेखि नै १४० क्यारेक्टरमा ट्वीट गर्न सकिने व्यवस्था थियो।

जापानिज, चाइनिज र कोरियन भाषा बाहेको अन्य भाषामा यो सुविधा उपलब्ध हुने ट्वीटरले जनाएको छ। हाल ट्वीटर प्रयोगकर्ता ३ सय २८ मिलियन रहेका छन्।

ट्वीटरले यसबर्षको दोस्रो क्वाटरमा आफ्नो आम्दानी ५ प्रतिशतले घटेको पनि उल्लेख गरेको छ। ट्वीटर हाल फेसबुकपछिको लोकप्रिय सामाजिक सञ्जाल रहेको छ।

के भन्छन् नेपाली प्रयोगकर्ता
ट्वीटरले  १४० को सट्टा २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधा प्रदान गरेपछि नेपाली प्रयोगकर्ताले पनि मिश्रित प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमा सक्रिय रहने पत्रकार आचारसंहिता र जवाफदेहिताका शोधकर्ता भानुभक्त आचार्यले  २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधा उपलब्ध भएसँगै दुईवटा ट्वीट गरेका छन्।

उनका दुबै ट्वीट  २८० क्यारेक्टरसँग सम्बन्धीत छ। ‘यति लामो के लेखौं के लेखौं जस्तो भो। हैट, कसै गर्दा नहुने भन्दै मंगलबार राति नै ट्वीट गरेका आचार्यले कविता लेख्दै दोस्रो ट्वीट गरेका छन्।

क्यारेक्टरको पावबन्दीका कारण सामान्यतया ट्वीटरमा कविता नै लेख्न गाह्रो थियो। तर, ट्वीटरले क्यारेक्टर बढाइदिएपछि उनले कविता नै ट्वीट गरे।

वरिष्ठ पत्रकार किशाेर नेपालले २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधालार्इ नेपाली राजनीतिक दलका नेताहरूसँग जाेडेका छन्। उनले लेखेका छन्, ‘याे ट्वीटर त वामपन्थी नेताहरूलार्इ मात्रै कामलाग्ने भएछ। जति लामाे लेखेपनि हुने। जति लामाे भाषण गरेपनि हुने । फेसबुकजस्तै बिज्ञापन साईट।’ 

ट्वीटरका अर्का प्रयाेगकर्ता कपिल शर्माले लेखेका छन्

 ट्वीट गर्दै अनामिकाले भनेकी छन्

 


 

More form the Internet

loading...