Suvadin, Home

किन लगाउनुपर्छ विवाहित महिलाले सिन्दुर? यस्तो छ कारण

पुर्खाैँदेखि चली आएको यो विवाहको विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदै गइरहेको बेला हस्तान्तरण नहुनु, वास्ता नगरिनु र नयाँ पुस्ताहरुमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा संस्कारहरुलाई रुढिवादी परम्पराको रुपमा चित्रण गरिन थालिएको छ। अहिले विश्वमा हिन्दुहरूको रितिरिवाज, संस्कृति र भनाइलाई लिएर विश्व नै यसको पछि छ।

काठमाडौं, साउन १५ – विश्वमा धेरै धर्म छन्। ती धर्ममा महिलाले विवाह गरेको कुरा उनिहलाई सोधेर मात्र थाहा हुन्छ, तर विश्वको पुरानो धर्म हिन्दु संकृतिमा विवाहपछि महिलाले सिन्दुर अनिवार्य नै लगाउनु पर्ने नियम छ।

यती हुनाले विवाहित महिला टाढैबाट चिनिन्छन्। पुर्खाैंदेखि चलिआएको यो विवाहको विविध संस्कारहरु एक पुस्ताबाट अर्को पुस्ता हस्तान्तरण हुँदै गइरहेका बेला हस्तान्तरण नहुनु, वास्ता नगरिनु र नयाँ पुस्ताहरुमा पश्चिमेली संस्कारको हावी बढ्दै जानुले गर्दा संस्कारहरुलाई रुढीवादी परम्पराको रुपमा चित्रण गरिन थालिएको छ।

अहिले विश्वमा हिन्दुहरूको रीतिरिवाज, संस्कृति र भनाइलाई लिएर विश्व नै यसको पछि छ। वैज्ञानिकहरूपछि लाग्नुको मुख्य कारण हिन्दुका हरेक किताब र भनार्इहरू वैज्ञानिक अध्ययनबाट पनि पुष्टि हुँदै गएको छ।

विज्ञानका अनुसार सिन्दुर बेसार (Turmeric Lime) र पारो (Mercury) को समिश्रणबाट बनाइएको हुन्छ। पारोको अन्तर्निहीत गुणले रक्तचापलाई नियन्त्रण गर्नु साथसाथै यौन चाहनाप्रति उत्प्रेरित गर्दछ।

यसै कारणले गर्दा एकल तथा अविवाहित महिलाहरुलाई सिन्दुर लगाउन बर्जित गरिएको हो। सिन्दुरलाई शरीरको यस्तो भागमा लगाइन्छ (Pituitary Gland को माथिल्लो भाग), जहाँ महिलाहरुको अनुभूतिहरु केन्द्रित हुन्छन्। पारोले हाम्रो शरीरको तनाव कम गर्न पनि यथेष्ट सहयोग गर्दछ।


 

More form the Internet

loading...