Suvadin, Home

Cover Image

राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल र भरत परेनन्

काठमाडौं, जेठ ६ - मलेसिया र चाइनिज ताइपेइसँग अर्को महिना हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ। विराज महर्जनको कप्तानीमा घोषित २३ सदस्यीय टोलीमा नेपाली फुटबलका नियमित सदस्य भरत खवास र विमल घर्तीमगर समावेश छैनन्।

त्यस्तै टोलीमा अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन्। नेपालले आउँदो जुन २ मा क्वालालम्पुरमा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रिपूर्ण खेल खेल्दैछ। टोलीमा युवा खेलाडीको बाहुल्यता छ।

नेपाली टिम

गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने 

डिफेन्डर स्विराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रबी सिलवाल, अजित भण्डारी

मिडफिल्डरः रोहित चन्द, बिक्रम लामा, सुमन बल, रबि पासवान, सन्तोष तामाङ, सुजल श्रेष्ठ, बिशाल राई, बिमल राना,

फरवार्डःअभिषेक रिजाल, तेज तामाङ, अन्जन बिष्ट, नवयुग श्रेष्ठ 


 

More form the Internet

loading...