Suvadin, Home

नेमारका बुवा भन्छन् - 'जालसाची भयाे'
प्रशंसकमाथिको बलात्कार आरोप नेमारद्वारा अस्वीकार

कुराकानी र अङ्कमालपछि नेमार 'आक्रामक भए र हिंसात्मक रूपमा पीडितको इच्छाविपरीत शारीरिक सम्बन्धमा सक्रिय भए ' प्रहरीको दस्तावेजमा भनिएको छ।

काठमाडाै‌, जेठ १९ - ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्।

प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा सो घटना भएको उल्लेख गरेकी छन्। नेमार फुटबल क्लब प्यारिस साँ-जमाँ (पीएसजी)का लागि खेल्छन्।

नेमारको व्यवस्थापनले एउटा विज्ञप्ति जारी गर्दै उनले आरोपलाई पूर्ण रूपमा अस्वीकारू गरेको जनाएको छ। नेमार अहिले कोपा अमेरिकाका लागि ब्राजिलमा राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्दैछन्।

आरोप के छन ?
प्रहरीको दस्तावेजअनुसार नाम नखुलाइएकी ती महिला र नेमारबीच सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत्‌ चिनचान भएको थियो र नेमारले प्यारिसमा उनलाई भेट्न बोलाएका थिए।

ती महिलालाई ब्राजिलबाट फ्रान्सका लागि उनले हवाई टिकट उपलब्ध गराएका थिए भने प्यारिसस्थित एउटा होटलमा कोठा पनि लिइदिएका थिए।

गत मे महिनाको १५ तारिखमा नेमार होटल आइपुग्दा उनले मदिरा सेवन गरेको स्पष्ट रूपमा देखिएको ती महिलाको आरोप छ।

कुराकानी र अङ्कमालपछि नेमार 'आक्रामक भए र हिंसात्मक रूपमा पीडितको इच्छाविपरीत शारीरिक सम्बन्धमा सक्रिय भए ' प्रहरीको दस्तावेजमा भनिएको छ।

घटनाबारे फ्रान्सेली प्रहरीमा कुनै उजुरी नै नगरी त्यसको दुई दिनपछि ती महिला ब्राजिल फर्किइन् किनकि 'उनी भावानात्मक रूपमा विचलित भएकी थिइन् र परदेशमा उजुरी गर्न डराएकी थिइन्, प्रहरीको दस्तावेजमा उल्लेख छ।

नेमारका बुवा के भन्छन् ?

आरोपहरू सार्वजनिक भएपछि जारी गरिएको एउटा विज्ञप्तिमा नेमारको व्यवस्थापनपक्षले भनेको छ, 'हामी अन्यायपूर्ण आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्छौँ।'

नेमारका बुवा नेमार डस सान्तोसले शनिवार ब्राजिलको ब्यान्ड टीभीसँग कुरा गर्दै 'त्यो एउटा जालसाची भएको स्पष्ट छ' भनेका छन्।

'यदि सर्वसाधारणलाई सत्यतथ्य बुझाइएन भने यो कुरा फैलिँदै जान्छ। ह्वाट्सएपमा नेमार र ती महिलाबीच भएका कुराकानी देखाउनुपर्छ भने हामी देखाउँछौँ,' उनले थपे।

 


 

More form the Internet

loading...