Suvadin, Home

प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई हराउँदै प्रदेश ३ समूह विजेता

समूह 'ए' को आफ्नो अन्तिम खेलमा हात पारेको जितसँगै प्रदेश ३ ले ४ खेलबाट ६ अंक जोड्यो । ६ अंक नै जोडेको एपिएफ यसअघि अन्तिम चारमा पुगिसकेको छ । रनरेटमा अघि रहेको प्रदेश ३ समूह विजेता बन्दा एपिएफ समूह उपविजेता बन्यो । यता प्रदेश ५, सुदूरपश्चिम र गण्डकी प्रदेश भने बाहिरिएका छन्। 

काठमाडौं, जेठ २० –  सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रदेश ३ प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह 'ए' को आफ्नो अन्तिम खेलमा हात पारेको जितसँगै प्रदेश ३ ले ४ खेलबाट ६ अंक जोड्यो । ६ अंक नै जोडेको एपिएफ यसअघि अन्तिम चारमा पुगिसकेको छ । रनरेटमा अघि रहेको प्रदेश ३ समूह विजेता बन्दा एपिएफ समूह उपविजेता बन्यो । यता प्रदेश ५, सुदूरपश्चिम र गण्डकी प्रदेश भने बाहिरिएका छन्। 

अब सेमिफाइनलमा प्रदेश ३ ले समूह 'बी' को उपविजेता त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । एपिएफले समूह 'बी' को विजेता नेपाल पुलिस क्लबसँग भिडन्त गर्नेछ । सोमबार मुलपानीमा भएको खेलमा सुदूरपश्चिमले दिएको १५५ रनको लक्ष्य प्रदेश ३ ले ३३.२ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। 

प्रदेश ३ का लागि इशान पाण्डेले ५३ रन जोडे। उनले ८४ बलमा ६ चौका हिर्काए। त्यसअघि ओपनरद्वय रित गौतम ११ र रोविन जोशी १३ रनमा आउट भए। कप्तान पारस खड्का २६ रनमा आउट भए। अदिल खानले अदिल खानले नटआउट ३३ रन र जितेन्द्रसिंह ठकुरीले नटआउट १२ रन जोडे । 

टस जितेर पहिले व्याटिङ थालेको सुदूरपश्चिमले ४५ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै १५४ रनमा समेटियो । सुदूरपश्चिमका लागि खड्ग बोहोराले सर्वाधिक ४० रनको योगदान दिदाँ रोशन अधिकारीले २७ रनको योगदान दिए। त्यस्तै नरेश बोहोराले २६ तथा शेर मल्लले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।  

बलिङतर्फ प्रदेश ३ का सूर्य तामाङले तीन विकेट लिए। तामाङ म्यान अफ दि म्याच भए। त्यस्तै प्रतिश जिसी  र जितेन्द्र ठकुरीले समान दुई/दुई विकेट लिँदा कप्तान पारस खड्का र नन्दन यादवे एक/एक विकेट लिए । 


 

More form the Internet

loading...