Suvadin, Home

Cover Image

युवराजले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

काठमाडौं, जेठ  – भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट संन्यासको घोषणा गरेका छन्। सिंहले सोमबार संन्यासको घोषणा गरेका हुन्।

भारतका लागि टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेका युवराज विगत २ वर्षदेखि राष्ट्रिय टिममा थिएनन्। उनले भारतका लागि ३०४ एकदिवसीय खेल खेल्दै ८ हजार ७०१ रन बनाएका छन् । उनले एकदिवसीय खेलमा १५ शतक र ५२ अर्धशतक प्रहार गरेका थिए। यस्तै टी–२० मा उनले ५८ खेल खेलेका थिए। ३७ वर्षीय युवराजले पछिल्लो पटक जुन ३० २०१७ मा वेस्ट इन्डिजविरुद्ध एकदिवसीय खेल खेलेका थिए। 

सन् २००३ राष्ट्रिय टिममा डेब्यू गरेका उनले सन् २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध एकै ओभर ६ छक्का प्रहार गरेका थिए। सन् २०११ विश्वकप पनि भारतलाई जिताउन उनले ३६२ रन र १५ विकेट लिएका थिए। उनी विश्वकपको प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए। विश्वकपछि क्यान्सर भएका उनी २०१४ मा क्रिकेटमा फर्किएका थिए।   


 

More form the Internet

loading...