Suvadin, Home

Cover Image

क्रिकेट रंगशाला: बाटोले झन् बढायो तनाव

मुलुकमै पहिलोपटक जनस्तरबाट बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य बीचैमा रोकिँदा अब के हुन्रु निर्माण कार्य कसरी अघि बढ्छरु स्थानीयको सडकको माग कसरी सम्बोधन होला कि नहोलारु लगायतका विभिन्न अनुत्तरित प्रश्नमा केन्द्रीत भएर टीका-टिप्पणी, जिज्ञासा, आरोप(प्रत्यारोप, विरोध, आक्रोससहितको बहस भइरहेको छ। 

चितवन, जेठ २८ - जिल्लाको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य अहिले रोकिएको छ। रंगशाला निर्माण स्थलबाट दक्षिणतर्फका स्थानीयले सडक निकासको माग गर्दै रंगशाला निर्माणस्थल परिसरमा लगाएको जस्तापातासहितको तारबार डोजर लगाएर भत्काएपछि निर्माणका सम्पूर्ण कार्य रोकिएको हो।  

भत्काउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले तत्कालै १८ जनालाई पक्राउ गरेको थियो। उनीहरू सबैलाई हाजरी जमानीमा छाडिसकेको छ। चार जनालाई आइतबार राति छाडिएको हो भने १४ जनालाई यसअघि नै छाडिएको थियो।

नियन्त्रणमा रहेकालाई पनि बिनासर्त रिहा गर्नुपर्ने र सडक फराकिलो बनाउनुपर्ने माग गर्दै असन्तुष्ट स्थानीयले वडा कार्यालय, महानगरपालिका हुँदै जिल्ला प्रहरी कार्यालयमा दैनिक जसो धर्ना दिँदै आएका थिए।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको रंगशाला शिलान्यास हुनुपुर्व नै निर्माण कार्य रोकिपछि देशविदेशमा रहेका नेपालीमा चर्चाको विषय बनेको छ।

मुलुकमै पहिलोपटक जनस्तरबाट बन्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य बीचैमा रोकिँदा अब के हुन्रु निर्माण कार्य कसरी अघि बढ्छरु स्थानीयको सडकको माग कसरी सम्बोधन होला कि नहोलारु लगायतका विभिन्न अनुत्तरित प्रश्नमा केन्द्रीत भएर टीका-टिप्पणी, जिज्ञासा, आरोप(प्रत्यारोप, विरोध, आक्रोससहितको बहस भइरहेको छ। 

यसैबीच असन्तुष्ट स्थानीय रंगशाला निर्माणस्थल वडा न १५ मा रहेको छ भने असन्तुष्ट स्थानीय वडा न १६ का स्थानीय हुन्। रंगशाला निर्माणस्थलमा बनाइएको अस्थायी प्रवेशद्वारसँगै रहेको शान्तिचोकबाट रामपुरसम्म जाने बाटो अहिले ७ मिटरको छ। करिब ७ किलोमिटर लामो सो बाटो फराकिलो बनाउन रंगशालातर्फबाट जग्गा दिनुपर्ने स्थानीयको माग छ।
 


 

More form the Internet

loading...