Suvadin, Home

Cover Image

प्रधानमन्त्री कपको उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

अर्को खेलमा प्रदेश २ र कर्णाली प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ ।

काठमाडौं, जेठ २९ - कंचनपुरको महेन्द्रनगरमा आयोजना हुने प्रधानमन्त्री कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ ।

आयोजक महाकाली स्पोर्ट्स सोसाइटीले बुधबार निकालेको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम भिड्ने भएका हुन् । उद्घाटन खेल असार ४ गते हुनेछ ।प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछ ।

अर्को खेलमा प्रदेश २ र कर्णाली प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ८ महिला टिमको सहभागिता रहनेछ । जसमा सात प्रदेश र एक विभागीय टिम एपीएफको सहभागिता रहेको छ । ८ टोलीलाई २ समूह विभाजन गरिएको छ  ।

प्रतियोगिताका लागि अनुमानित ८८ लाख खर्च लाग्ने आयोजकले जनाएको छ। जसमा ३५ लाख राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउने छन् । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५र१५ हजार पाउने आयोजकले जनाएको छ ।


 

More form the Internet

loading...