Suvadin, Home
Nepal life 3.778M

डीपीएलः धनगढीद्धारा काठमाडौं किंग्सलाई १३३ रनको लक्ष्य 

धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको हो। धनगढीको ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए भने अर्का ओपनर सुनील धमला तीन रनमा पेभेलियन फर्किए।

काठमाडौं,२८ माघ -धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा धनगढी स्टार्सले काठमाडौं किंग्सलाई १३३ रनको चुनौती दिएको छ।

धनगढीस्थित फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३२ रन बनाएको हो। धनगढीको ओपनर रोहन मुस्तफा खाता खोल्न नपाउँदै रनआउट भए भने अर्का ओपनर सुनील धमला तीन रनमा पेभेलियन फर्किए।

तेस्रो विकेटकालागि अमित श्रेष्ठ र रन्दिप रजाली विच अर्धशतकिय साझेदारी हुँदा धनगढीको टिम केहि सम्हालिएको थियो। तर सन्दिप २८ रनमा ललित राजवंशीको बलमा आउट भएपछि घरेलु टिमले ५८ रनमा तेस्रो विकेट गुमायो।

त्यसपछि क्रिजमा आएका पवन सराफ पनि मात्र १९ रनमा आउट भएपछि एक सय एक रनमा चौथो विकेट खेर फाल्यो।त्यसपछि उसको स्कोर एक सय १५ रन हुँदा अर्धसतक बनाएका अमित श्रेष्ठ पेभेलियन फर्किए।


 

More form the Internet

loading...