Suvadin, Home

Cover Image


नेपालको शानदार जीत, सिंगापुर २१७ रनले पराजित

रीत गौतमको शतक र कुशल मल्लको अर्धशतक मद्धतमा नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको थियो। तर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर  ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटिएपछि नेपालले फराकिलो जित दर्ता गराएको हो ।

काठमाडौं, असार २० - मलेसियामा जारी एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको छ।

रीत गौतमको शतक र कुशल मल्लको अर्धशतक मद्धतमा नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको थियो। तर जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर  ३१ औँ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटिएपछि नेपालले फराकिलो जित दर्ता गराएको हो ।

फराकिलो जित निकालेको नेपाल समुह 'ए' को विजेता भएको छ । नेपालले अब आगमी सोमबार समुह 'बी'को उपविजेतासँग सेमिफाइनल खेल्ने छ । ३ सय २७ रनको विशाल लक्ष्य पक्ष्याएको सिंगापुर ३९।१ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो ।

सिंगापुरका लागि हरि कुकरेजाले सर्वाधिक ३० रनको योगदान दिए । 

 


 

More form the Internet

loading...