Suvadin, Home

फाईनल पुग्ने नेपालको लक्ष्य
नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दै

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। समूह चरणमा अपराजित रहदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ ।

काठमाडौं, असार २३ - मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको पहिलो सेमिफाइनलमा नेपालले आज आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्न लागेको हो ।

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल फाइनल प्रवेश गर्ने लक्ष्यसहित मैदान उत्रनेछ। समूह चरणमा अपराजित रहदै समूह विजेता बनेको नेपाल घरेलु टोलीलाई स्तब्ध पार्दै उपाधि होड कायम राख्न चाहन्छ ।

पहिलो खेलमा चीनलाई १० विकेटले हराएको नेपालले दोस्रो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । समूह ए मा रहेको नेपालले २ खेलमा ४ अंक जोडेको थियो ।

साबिकको विजेता समेत रहेको नेपाललाई मलेसियाविरुद्ध जित निकाल्न सहज भने हुने छैन । घरेलु समर्थकको साथ पाएको मलेसिया पनि नेपाललाई स्तब्ध पार्दै फाइनल पुग्न चाहन्छ ।

समूह चरणमा नेपालले २ खेलमा २ जित निकालेको थियो । मलेसियाले ३ खेलमा २ जित निकाल्दै समूह उपविजेता बनेको थियो । समूह बी मा रहेको मलेसियाले थाईल्याण्ड र भुटानलाई पराजित गर्दा हङकङसँग हार व्यहोरेको थियो ।


 

More form the Internet

loading...