Suvadin, Home

सदस्य सचिवमा रमेश सिलवाल

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । त्यसअघि मन्त्री विश्वकर्माले नेपाल भलिबल संघको प्रतिनिधिको रुपमा सिलवाललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए । नीजि कलेज गोल्डेनगेट सञ्चालन गर्दै आएका सिलवाल कुनैपनि संघमा आबद्व थिएनन् ।

काठमाडौं, असार २३ - राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । सत्तारुढ दल नेकपाले घरेलु खेलकुदको कार्यकारी निकाय राखेपको चार बर्षे नेतृत्वमा सिलवाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । त्यसअघि मन्त्री विश्वकर्माले नेपाल भलिबल संघको प्रतिनिधिको रुपमा सिलवाललाई बोर्ड सदस्यमा मनोनित गरेका थिए । नीजि कलेज गोल्डेनगेट सञ्चालन गर्दै आएका सिलवाल कुनैपनि संघमा आबद्व थिएनन् ।

सिलवाललाई सरकारले यसअघि नेपाल क्रिकेट संघ क्यानको तदर्थ कमिटिको संयोजकको जिम्मेवारी दिएको थियो । तर अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले क्यानमा राजनीतिक हस्तक्षर र अपरादर्शी निर्वाचनको कारण देखाउँदै निलम्बन गरेको थियो ।

सत्तारुढ दल नेकपा तथा तत्कालिन एमालेको भातृ संगठन युवा संघको उपाध्यक्ष समेत रहेका सिलवालले मदन भण्डारी स्पोर्ट्स फाउण्डेशन स्थापना गरेर खेलकुद गतिविधि सञ्चालन गर्दै आएका थिए ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीसंग निकट रहेर काम गर्दै आएका सिलवाललाई वर्तमान सरकारले नेपाली खेलकुद हाँक्ने जिम्मेवारी दिएको हो ।


 

More form the Internet

loading...