Suvadin, Home

Cover Image

न्यूजिल्याण्डसँग भारत पराजित, प्रतियोगिताबाटै बाहिरियो

भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २४० रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १८ रनले पराजित भयो।

काठमाडौ,असार २५ - भारतको विश्वकप २०१९ को यात्रा सेमिफाइनलमा पुगेर सकिएको छ। भारत न्यूजिल्यान्डसँग पराजित भएर विश्वकपको उपाधि होडबाट बाहिरिएको हो। मंगलबार वर्षाका कारण रोकिएको खेल बुधबार सम्पन्‍न भएको थियो। जसमा न्यूजिल्यान्डले दिएको २४० रनको मध्यम लक्ष्य भारतले पूरा गर्न सकेन र ४ बल बाँकी छँदा १८ रनले पराजित भयो।

मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दा गर्दै बर्षा भएपछि प्रभावित भएको खेलमा भारतको जवाफी इनिङ बुधबार खेलाइएको थियो। न्युजिल्यान्डले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारत बुधबार जवाफका लागि उत्रेको हो।  

बुधबार न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेट गुमाएको अवस्थामा २११ रनबाट अगाडि खेल्दै अन्तिम २३ बलमा २८ रन बनाएर भारतलाई २४० रनको लक्ष्य दिएको थियो।  

 

 


 

More form the Internet

loading...