Suvadin, Home

Cover Image

विभागीय टिम पुलिस सेमिफाइनलमा

एन्फा कम्प्लेक्समा रोमान्चक बनेको खेलमा पुलिसलाई जित दिलाउन मन्जिल राईले निर्णायक गोल गरे । उनले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । पुलिस सेमिफाइनल प्रवेश गरेसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पुरा भएको छ । अब पुलिसले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

काठमाडौं, असार ३० - विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोमा सोमबार भएको क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो  ।

एन्फा कम्प्लेक्समा रोमान्चक बनेको खेलमा पुलिसलाई जित दिलाउन मन्जिल राईले निर्णायक गोल गरे । उनले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । पुलिस सेमिफाइनल प्रवेश गरेसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पुरा भएको छ । अब पुलिसले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

यस्तै अर्को सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ  । एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ ९एन्फा० ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

 


 

More form the Internet

loading...