Suvadin, Home

Cover Image

सियन इन्डोर हक्की: नेपाल पुरुषतर्फ अंकविहीन

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ नेपालले ५-५ गोलको बरावरीमा रोकेको थियो। आजको हारसँगै समूह ’बी’ को नेपालले ४ खेलमा अंक जोड्न सकेन। यसअघि नेपाल सिंगापुरसँग १५-१, काजकिस्तानसँग १२-१  र उज्वेकिस्तानसँग १३-२ गोल अन्तरले पराजित भएको थियो।

काठमाडौं, साउन २ - नेपाल एसियन इन्डोर हक्कीमा जीतविहीन बनेको छ। थाइल्यान्डको चोनबुरीमा नेपाली पुरुष टोली बिहीबार समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेइसँग ६-७ को अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो हाफ नेपालले ५-५ गोलको बरावरीमा रोकेको थियो। आजको हारसँगै समूह ’बी’ को नेपालले ४ खेलमा अंक जोड्न सकेन। यसअघि नेपाल सिंगापुरसँग १५-१, काजकिस्तानसँग १२-१  र उज्वेकिस्तानसँग १३-२ गोल अन्तरले पराजित भएको थियो।

महिलातर्फ भने नेपालले १ खेलमा जीत निकाल्दै ३ अंक जोडेको छ। महिलातर्फ समूह ’ए’ मा रहेको नेपालले फिलिपिन्सलाई ३-२ गोल अन्तरले हराउँदै पहिलो जित निकालेको  थियो। समूह चरणको अन्तिम खेलमा हिजो इरानसँग ५-१ गोल अन्तरले हारेको नेपाल काजकिस्तानसँग ८-० र उज्बेकिस्तानसँग ९-० गोल अन्तरले पराजित भएको  थियो।
 

 


 

More form the Internet

loading...