Suvadin, Home

Cover Image

छनोटमा नेपालले आफू भन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने
विश्वकप छनोटमा नेपालको कठिन परीक्षा

एसियाली राष्ट्रको दोस्रो चरणको छनोटमा नेपालले आफू भन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। समूह ‘बी’ परेको नेपालले पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलियासहित एसियाको पावर हाउस जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा रहेका चाइनिज ताइपेई र कुवेतको स्तर पनि नेपालभन्दा माथि छ।

काठमाडौं, साउन ३ - फिफा विश्वकप छनोटमा खराब इतिहास रहेको नेपालका लागि सन् २०२२ मा कतारमा हुने विश्वकपको छनोट प्रतियोगिता पनि चुनौतीपूर्ण देखिएको छ।

एसियाली राष्ट्रको दोस्रो चरणको छनोटमा नेपालले आफू भन्दा बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नु पर्नेछ। समूह ‘बी’ परेको नेपालले पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलियासहित एसियाको पावर हाउस जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा रहेका चाइनिज ताइपेई र कुवेतको स्तर पनि नेपालभन्दा माथि छ।

छनोट प्रतियोगितामा नेपालका लागि राम्रो पक्ष भनेको २ वटा प्रतिद्वन्द्वीसँग केहि महिनाअघि मैत्रीपूर्ण खेल खेल्नु हो। नेपालले गत चैतमा कुवेतविरुद्ध २ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएको थियो। यस्तै २ महिनाअघि ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १-१ को बराबरी खेलेको थियो।

तीनै वटा खेल विपक्षीको मैदानमा खेलेको नेपालले राम्रो खेलेको प्रशिक्षक योहान कालिनको भनाइ छ। कालिनको भनाइ छ, ‘कुवेत र ताइपेईको खेलबाट म सन्तुष्ट छु। हामीले बलिया प्रतिद्वन्द्वी भएपनि राम्रो खेल देखायौं।’

 

 


 

More form the Internet

loading...