Suvadin, Home

दिल्लीलाई पराजित गर्दै चेन्‍नई फाइनलमा, उपाधिका लागि मुम्‍बईसँग भिड्‍ने

काठमाडौं । चेन्‍नई सुपर किङ्स १२ औं संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्‍नई फाइनल प्रवेश गरेको हो ।

दिल्लीले दिएको १ सय ४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्‍नईले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । 

चेन्‍नईका जितका लागि सेन वाट्‍सन र फाफ डु पेल्सीसले अर्धशतकीय पारी खेले । दुबैले समान ५० रन बनाएका थिए । वाट्‍सनले ३९ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५० रन बनाए भने फाफ डुले ३२ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ५० रन बनाए । त्यसैगरी अम्बायती रायडुले १९, सुरेश रैनाले ११ र कप्तान महेन्द्र सिंह धोनीले ५ रन बनाए । 

दिल्लीका लागि अमित मिश्र, अक्षर पटेल, इसान शर्मा र ट्रेन्ट बोल्टले समान एक-एक विकेट लिएका थिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १  सय ४७ रन बनाएको थियो । 

दिल्लीका लागि रिशभ पन्तले सर्वाधिक ३८ रन बनाए । २५ बल खेलेका उनले २ चौका र १ छक्काको सहयोगमा ३८ रन बनाएका थिए । त्यस्तै कोलिन मुन्रोले २७ रन जोड्दा शिखर धावनले १८ तथा कप्ता श्रेयश ऐरले १३ रन बनाएका थिए ।

बलिङतर्फ चेन्नईका लागि हर्भजन सिंह, रवेन्द्र जडेजा, दीपक चहार र ब्राभोले समान दुई–दुई विकेट लिए भने इमरान तहिरले एक विकेट लिएका थिए । 

 चेन्‍नईले उपाधिका लागि यसअघि नै फाइनल पुगेको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।


 

More form the Internet

loading...