Suvadin, Home

 सन्दीप आज स्वदेश फर्किँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागिता जनाएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आइतबार स्वदेश फर्कँदैछन् ।

१२ औं संस्करणको आईपीएल खेलेर सन्दीप आइतबार अपराह्न स्वदेश फर्कने उनका नेपाली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । आईपीएलमा सन्दीपले टोली दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा चेन्नई सुपर किङसँग पराजित हुँदै शुक्रबारमात्रै बाहिरिएको थियो । 

दिल्लीका १६ मध्ये ६ खेलमा मौका पाएका सन्दीपले ८ विकेट लिए । २३ ओभर बलिङ गरेका उनले २ सय १० रन खर्चे ।  

दिल्लीका बलरहरुमध्ये सर्वाधिक विकेट टेकरका रुपमा सन्दीप सातौं नम्बरमा रहे । दिल्लीको तेस्रो, चौथो, पाँचौं र छैटौं खेलमा लगातार स्थान बनाएका सन्दीपले त्यसपछि भने दिल्लीले दश खेल खेल्दा दुई खेलमा मात्रै स्थान बनाउन सके । त्यसमध्ये पन्जाबविरुद्धको खेल यस सिजनमा सन्दीपका लागि सम्झन लायक रह्यो ।


 

More form the Internet

loading...