Suvadin, Home

राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा

नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो । नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक हान एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

काठमाडाै‌, साउन २६ - एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताका लागि नेपालले राष्ट्रिय टिमको घोषणा गरेको छ ।

नेपाल भलिबल संघले आइतबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो । नेपालले बन्द प्रशिक्षणमा रहेका १८ सदस्सीय खेलाडीबाट १४ सदस्सीय टिमको घोषणा गरेको हो । मुख्य प्रशिक्षक हान एबिङले घोषणा गरेको टिममा ३ नयाँ खेलाडीले राष्ट्रिय टिममा स्थान बनाएका छन् ।

नेपाली टिममा पहिलो पटक स्थान बनाउने खेलाडीमा त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर राजेन्द्र बिष्ट, आर्मीका क्विकर दुर्गा बहादुर खड्का र एपीएफका ओपन स्पाइकर टेकराज अवस्थी रहेका छन् ।

प्रशिक्षक एबिङले घोषणा गरेको टिममा आर्मीबाट सर्वाधिक ७, पुलिसबाट ४ र एपीएफबाट ३ खेलाडी परेका छन् । घरेलु भूमिमा हुने प्रतियोगितामा नियमित सदस्य मान बहादुर श्रेष्ठ हुने छैनन् । विभागीय टिम आर्मीको कारबाहीमा परेपछि आठौं राष्ट्रिय खेलकुद नखेलेको कारण मान प्रारम्भिक टोलीमै परेका थिएनन् । 

 एसियन भलिबल संघको संयोजनमा आयोजना हुने सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ ।

नेपाली टिम 

ईम बहादुर राना मगर (कप्तान)

कुलबहादुर थापा (उपकप्तान)

दिपक राज जोशी

धनबहादुर भट्ट

विशाल विक

राजेन्द्र विष्ट

टेकराज अवस्थी

हरिबहादुर अधिकारी

दुर्गा बहादुर खड्का 

नरेन्द्र गिरी

ईश्वर थापा मगर

राजकुमार निरौला

हरिहजुर थापा

विनोद बहादुर चन्द

 


 

More form the Internet

loading...