Suvadin, Home

Cover Image

मैत्रीपूर्ण भलिबल: नेपालद्वारा अफगानिस्तान पराजित

पहिलो सेट २२–२५ र चौथो सेट २५–२३ ले गुमाएपनि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको नेपालले निर्णायक सेट १५–१३ ले हात पारेको थियो । घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहिबार हुनेछ ।

काठमाडौं, साउन,२९ - मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानको राष्ट्रिय भलिबल टिमलाई पराजित गरेको छ । ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा बुधबार भएको खेलमा नेपालले ३–२ को सेटमा अफगानिस्तानलाई हराएको हो ।

पहिलो सेट २२–२५ र चौथो सेट २५–२३ ले गुमाएपनि नेपालले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले जितेको नेपालले निर्णायक सेट १५–१३ ले हात पारेको थियो ।

घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र अफगानिस्तानबीचको दोस्रो मैत्रीपूर्ण खेल बिहिबार हुनेछ ।

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

 


 

More form the Internet

loading...