Suvadin, Home

नेपाली यू-१५ टोलीको अन्तिम तयारी 

काठमाडौं, मगलवार, भदौ ३ - पाचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिप बुधबारमा भारतमा सुरु हुँदैछ । भारतको कल्याणीमा हुने च्याम्पियनसिपमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताका लागि नेपाली टिम सोमबार नै कल्याणी पुगिसकेका छन् । 

प्रतियोगिताअघि नेपालले मंगलबार अन्तिम तयारी स्वरुप कल्याणी रंगशालामा अभ्यास गरेको छ । नेपालले हालसम्म यू-१५ को उपाधि जित्न सकेको छैन । तर, पाँचौ संस्करणमा भने नेपाल उपाधि घर ल्याउने योजनामा रहेको छ ।

उपाधि जित्ने लक्ष्य लिएको नेपाली युथ टिमले प्रदेश नम्बर १ को इटहरीमा तयारी गरेको थियो । भारतको कल्याणीको गर्मी मौसमसँग घुलमिल हुन नेपाली युथ टिमले गर्मी स्थान इटहरी रोजेको हो ।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् ।  राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । 

नेपालले बुधबार भारतको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले शुक्रबार श्रीलंका, तेस्रो खेलमा आईतबार बंगलादेश र अन्तिम खेलमा अर्को साताको बुधबार भुटानको सामना गर्नेछ ।

नेपाली टिम: 

गोलरक्षक:  ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी

डिफेन्डर:  प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर:  जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी

स्ट्राइकर:  क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा


 

More form the Internet

loading...