Suvadin, Home

हेमन्तको स्थानमा नितिन ?
एएफसी यू-२३ च्याम्पियनसिप छनोट: नेपालले कतारसँग खेल्दै

Author's Commentary

ओमानसँगको खेलमा सुरुआती ११ मा परेका हेमन्तको स्थानमा नितिन थापाले अवसर पाएका छन् ।

Sb Saud |

काठमाडाैं,चैत्र १० - एएफसी यू-२३ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आइतबार कतारसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि सुरु हुने खेलका लागि प्रशिक्षक बालगोपाल महर्जनले सुरुआती ११ को छनोट गरेका छन् ।

नेपाल र कतारबीचको खेल दोहा स्पोर्टस सिटीको एस्पायर ५ मैदानमा हुनेछ । एसियन च्याम्पियन घरेलु टोलीबिरुद्धको खेलका लागि प्रशिक्षक महर्जनले ४-१४-१ को फर्मेसनमा टिम मैदानमा उतार्नेछन् । 

ओमानसँगको खेलमा सुरुआती ११ मा परेका हेमन्तको स्थानमा नितिन थापाले अवसर पाएका छन् । अरु सबै समान खेलाडी छनोट गरिएको छ । गोलरक्षक अर्पण कार्की, डिफेण्डरहरु सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी र कमल श्रेष्ठ हुनेछन् ।

तेज तामाङले डिफेन्सिभ मिडफिल्डको भूमिकामा हुनेछन् । मिडफिल्डमा गौरव बुढाथोकी, नितिन थापा, अन्जन विष्ट र सुनील बल हुनेछन् । अग्रपंक्तिको जिम्मेबारी कप्तान बिमल घर्तीमगरको हुनेछ । शुक्रबार ओमानबिरुद्धको खेलमा सुरुआती मिनेटमै खराव ट्याकलको मारमा परेका भरपर्दा मिडफिल्डर हेमन्त थापा मगरले बाँकी खेल गुमाउने भएका छन् ।

'गोलीगााठाको चोट उसको पुरानै समस्या हो र त्यही दोहोरियो, गहिरो नभएपछि पर्याप्त आरामको आवश्यकता छ त्यसैले उसले बाँकी खेल खेल्ने सम्भावना कम छ,' नेपाली टोलीका प्रशिक्षक राजु डंगोलले भने।

छनोट प्रतियोगिता समूह 'ए'बाट आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार ओमानसँग १-० को पराजय ब्यहोरेको थियो । चार टोली रहेको समूहबाट अर्को चरणमा स्थान बनाउनका लागि नेपाललाई यो खेल गर या मरको अवस्थामा छ ।

फिफा वरियातामा १ सय ६१ औं स्थानमा रहेको नेपालका लागि आफूभन्दा ९४ स्थान अर्थात ५५ औं स्थानमा रहेको कतारबिरुद्धको खेल अवश्य पनि कठिन हुनेछ । कतार नेपालका लागि नयाँ प्रतिद्वन्द्वी पनि हो । नेपालको सिनियर उमेर समूहको टोलीले अहिलेसम्म कतारलाई जित्न सकेको छैन ।

 

 


 

More form the Internet

loading...