Suvadin, Home

इंग्लिस प्रिमियर लिग
चेल्सीलाई च्याम्पियन बनाउने ‘अनएक्सपेक्टेड हिरो’

सिजनको अधिकांश समयमा अनफिट रहँदै बेञ्चमा बिताएका २३ बर्षिय मिसी बात्सुईले शुक्रबार राति वेष्ट ब्रोमविरुद्ध सबस्टिच्युड खेलाडीका रुपमा पाएको अवसरलाई इतिहासमा बदले। ७६ औं मिनेटमा मैदान प्रबेश गरेका उनले त्यसको ६ मिनेटपछि गोल गर्दै चेल्सीलाई इंग्लिस प्रिमियर लिग च्याम्पियन बनाएका हुन्। वेष्ट ब्रोमलाई १–० ले पराजित गर्र्नेक्रममा उनको गोल निर्णायक रह्यो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिदै दबावमा आएको चेल्सीलाई ८२ औं मिनेटमा गोल गरेका बात्सुईले उकासेका थिए। 
चेल्सीका लागि निर्णायक गाेल गरेका बात्सुर्इ। तस्बिरः एजेन्सी।

काठमाडाैं, वैशाख ३० - सिजनको अधिकांश समयमा अनफिट रहँदै बेञ्चमा बिताएका २३ वर्षाय मिसी बात्सुईले शुक्रबार राति वेष्ट ब्रोम विरुद्ध सबस्टिच्युड खेलाडीका रुपमा पाएको अवसरलाई ईतिहासमा बदले। ७६ औं मिनेटमा मैदान प्रबेश गरेका उनले त्यसको ६ मिनेटपछि गोल गर्दै चेल्सीलाई इंग्लिस प्रिमियर लिग च्याम्पियन बनाएका हुन्। 

वेष्ट ब्रोमलाई १–० ले पराजित गर्र्नेक्रममा उनको गोल निर्णायक रह्यो। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिदै दबावमा आएको चेल्सीलाई ८२ औं मिनेटमा गोल गरेका बात्सुईले उकासेका थिए। 

चेल्सीलाई विजयी तीन अंक दिलाउँदै बात्सुईले दुई खेल बाँकी हुँदै चेल्सीलाई उपाधि दिलाएका हुन्। बेल्जियमका बात्सुईलाई यसै सिजनमा चेल्सीले मार्सेइलीबाट क्लबमा ३३ मिलियन पाउण्ड स्ट्रर्लिङमा भित्र्याएको थियो।

यस खेलअघि २४ खेलमा मात्र अवसर पाएका बात्सुईले पाँच सय ७९ मिनेट मैदानमा बिताएका थिए र जसमा पाँच गोल मात्र गर्न सके। जसका कारण उनलार्ई मैदानमा उतार्ने कि नतार्ने प्रशिक्षकका लागि दोधारको कुरो हुने गर्थ्याे। तर, वेष्ट ब्रोमविरुद्ध प्रशिक्षकले देखाएको विश्वासलाई प्रमाणित गर्दै उनले चेल्सीका लागि गरेको व्यक्तिगत छैठाै गोलले इतिहास रचेको छ। 

जितपछि टुविट गर्दै उनले चेल्सीको जितमा आफू एनएक्सपेक्टेड हिरो (अविश्वसनिय नायक) रहेको र भगवानले पनि एनएक्सपेक्टेड नायकहरुलाई माया गर्ने उल्लेख गरेका छन्।

योसँगै चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो। चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक तथा समग्रमा ६ पटक प्रिमियर लिगको उपाधि जितेको छ। उसले सन् २०१४ र १५ को सिजनमा पनि उपाधि जितेको थियो। उपाधिसँगै लिगका दुई खेल बाँकी हुँदै च्याम्पियन बनेको चेल्सीको ८७ अंक भएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको टोटनह्यामको तीन खेल बाँकी हुँदा ७७ अंक छ।

यसै सिजनमा प्रशिक्षकको भुमिकामा आएका एन्टोनी कोन्टले जीतपछि तीन वर्षमा दोस्रो पटक उपाधि जित्नु ऐतिहासिक र महत्वपूर्ण भएको प्रतिक्रिया दिएका छन्। यस सिजनमा चेल्सीले हालसम्म खेलेका ३६ खेल मध्ये २८ जित निकालेको छ। बाँकीं तीन खेलमा बराबरीको नजिता निकालेको चेल्सीले पाँच खेलमा हार चाखेको थियो। 

चेल्सीको यो सिजनमा एभर्टनसँगको खेलमा ५–० को जित सबै भन्दा फराकिलो जित हो भने आर्सनलसँगको ३–० को हार सवैभन्दा खराब हार हो। चेल्सीलाई च्याम्पियन बनाउँन डिएगो कोस्टाले २० गोल गरे। उनी यो सिजनको प्रिमियर लिगमा सर्बाधिक गोलकर्ताको सूचिमा तेस्रो स्थानमा छन्। त्यस्तै, इडन हजार्डले १५ गोल तथा पेड्रोले ९ गोल गरेका छन्। 

प्रिमियर लिगको उपाधि उचालेसँगै एएफए कपको उपाधिका लागि चेल्सीले यहि मे २७ मा आर्सनलसँग वेम्बली मैदानमा खेल्दैछ। उक्त प्रतियोगिताको उपाधी पनि आफुहरुले नै जित्ने प्रशिक्षक कोन्टीको विश्वास छ।


 

More form the Internet

loading...