Suvadin, Home

टीट्वेन्टीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन
फेन्चाइज क्रिकेट डेब्यूको एक वर्षमै सन्दीपले लिए ५० विकेट

काठमाडौं,चैत्र २४ - नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले टीट्वेन्टी क्रिकेटमा ५० विकेटको कोसेढुंगा पूरा गरेका छन् । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार रोयल च्यालेन्जर्स बैंग्लोरका मोइन अलीको विकेट लिँदै सन्दीपले यो कोसेढुंगा पूरा गरेका हुन् ।

निकै आक्रामक देखिएका अलीलाई विकेट किपर ऋषव पन्तबाट स्टपम्पिङ गराउँदै सन्दीपले टीट्वेन्टीमा ५० विकेट पूरा गरेका हुन् ।  अलीले १८ बलमा तीन छक्काको मद्दतमा ३२ रन बनाए। बैंग्लोरविरुद्ध चार ओभर बलिङ गर्दै सन्दीपले ४६ रन खर्चेर एक विकेट लिए।

सन्दीपले ४० टीट्वेन्टी खेल्दै ५० विकेट लिएका हुन् । गत सिजन आईपीएलबाट अन्तर्राष्ट्रिय फेन्चाइज क्रिकेटमा डेब्यू गरेका सन्दीपले एक वर्षमै ५० विकेट पूरा गरेका हुन् ।  उनले विश्वभरका विभिन्न लिग खेलिसकेका छन्। अघिल्लो आईपीएलमा तीन खेलबाट पाँच विकेट लिएका उनले यस पटक चार खेल खेल्दै पाँच विकेट नै लिएका छन् ।

सन्दीपले अस्ट्रेलियाको बिग बास लिगमा सात खेल खेल्दै ११ विकेट लिएका थिए। यस्तै क्यारेवियन प्रिमियर लिग, बंगलादेश प्रिमियर गिल, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगलगायतमा पनि लगतार विकेट लिएका थिए । सन्दीपको टीट्वेन्टीमा ६.८४ को बलिङ इकोनमी छ। उनले पाकिस्तान सुपर लिगमा १० रन खर्चेर चार विकेट लिएका थिए । यो नै उनको टीट्वेन्टीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो।  


 

More form the Internet

loading...