Suvadin, Home

Cover Image

रच्यो इतिहास
नेपाललाई आठौं पटक विश्वकप खेल्ने अवसर

काठमाडौं,चैत्र २८ - आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालको गर्विलो इतिहास रहेको छ । यू-१९ विश्वकपको १२ औं संस्करण पुरा गर्दा नेपालले ७ पटक सहभागिता जनाईसकेको छ । 

युवा खेलाडीको पहिचान गराउने यू-१९ विश्वकपको १३ औं संस्करण दक्षिण अफ्रीकामा अर्को बर्ष आयोजना हुँदैछ । र, यू-१९ विश्वकपका लागि एसिया छनोट शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ ।

मलेसियामा आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमनले प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

एसिया छनोटका लागि नेपाली युवा टोली मलेसिया पुगिसकेको छ । नेपालले शुक्रबार सिंगापुरविरुद्ध मैदान उत्रदै एसिया छनोटको सुरुवात गर्नेछ । नेपाल र सिंगापुरबीचको खेल सिलान्गोर टर्फमा हुनेछ । सिंगापुरविरुद्ध मैदान उत्रन नेपाल तयार रहेको छ ।

राष्ट्रिय टोलीका नियमित सदस्य रोहित पौडेलको कप्तानीमा रहेको नेपालले आठौं पटक विश्वकप खेल्ने योजना बनाएको छ । सिंगापुरविरुद्ध जित निकाल्दै नेपाल आफ्नो योजना साकार बनाउन लागि पर्नेछ ।

 

 

 

 


 

More form the Internet

loading...