Suvadin, Home

Cover Image

दोस्रो खेलमा शनिबार युएईसंग खेल्ने
सिंगापुरमाथि नेपालको शानदार जित

काठमाडौं,चैत्र २९ - आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो  । क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो ।

नेपालको किफायती बलिङसामु सिंगापुरका इशान स्वानीले सर्वाधिक २८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेन । यस्तै सिंगापुरका साइ भेनु गोपालले १८ रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सरार्फले ३ विकेट हात पारे । यस्तै कुशल मल्ल र सुर्य तामांङले समान २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । सिंगापुरविरुद्ध बनाएको उक्त स्कोर यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो ।

खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए । कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए ।

यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए । 

अब नेपालले दोस्रो खेलमा शनिबार युएईसंग खेल्नेछ । नेपालले तेस्रो खेल मलेसियासंग अप्रील १५ मा खेल्दा अप्रील १६ मा ओमानसंग खेल्ने छ । नेपालले पाँचौ तथा अन्तिम खेल अप्रील १८ मा कुवेतसंग खेल्नेछ । नेपालसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छनोटको शीर्ष टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।

 


 

More form the Internet

loading...