Suvadin, Home

Cover Image

मनाङ टीम भारत प्रस्थान

काठमाडौं,चैत्र १ -  पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता सिग्नेचर मनाङ मर्स्याङ्दी क्लब एएफसी कपको दोस्रो खेल खेल्न आज भारत प्रस्थान गरेकाे छ ।

भारतीय सुपर लिग क्लब चेन्नईयिनविरुद्धको अवे खेलका लागि मनाङको टोली आइतबार अपरान्ह ४ बजे भारत  प्रस्थान गरेकाे हाे ।

मनाङले चेन्नईयिनविरुद्ध बुधबार उसैको मैदानमा प्रतिस्पर्धा गर्दैछ । तर, मनाङ त्यहाँको हावापानीसंग घुलमिल हुन तीन दिन अघि नै भारत जान लागेको मुख्य प्रशिक्षक छिरिङ लोप्साङले जानकारी दिए ।

‘हाम्रो खेल बेलुकाको समयमा हुनेछ । त्यहाँको वातावरणमा घुलमिल हुन हामी केहि दिन अघिनै जान लागेका हौँ,’ प्रशिक्षक लोप्साङले भने । मनाङले एएफसी खेलको पहिलो लेगमा बंगलादेशको अबहानी लिमिटेडसँग खेलेको थियो । एन्फा मैदानमा भएको उक्त खेलमा मनाङ अवहानीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

होम एण्ड अवेको आधारमा हुने समूह चरणको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् ।


 

More form the Internet

loading...