Suvadin, Home

भारतीय लिग खेल्न सावित्रा र अनिता भारत प्रस्थान

काठमाडौं, बैशाख १६ -  भारतीय लिग खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई सदस्य सावित्रा भण्डारी र अनिता बस्नेत भारत प्रस्थान गरेका छन् ।आगामी साताबाट सुरु हुने 'हिरो भारतीय महिला लिग' का लागि सावित्रा र अनिता सोमबार भारतको पन्जाब प्रस्थान प्रस्थान गरेका हुन् ।

सावित्रा र अनिताले तमिलनाडुको सेथु फुटबल क्लबबाट लिग खेल्ने छन् ।  हिरो भारतीय महिला लिग मे ५ बाट २२ सम्म पन्जाबमा हुनेछ । लिगका सम्पूर्ण खेल लुधिआनास्थित गुरु नायक मैदानमा हुनेछ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ । 

लिगमा सावित्रा र अनिताको टिम सेथु समूह 'बी'मा रहेको छ । यस समूहमा सुथुसहित मनिपुर पुलिस स्पोर्टस् क्लब, बेङ्गरुलु युनाइटेड फुटबल क्लब, सिआरपीएफ महिला फुटबल टिम, साई एसटीसी काट्टेक , एफसी कोल्हापुर सिटी र बारुदा फुटबल एकेडेमी रहेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा सेथुले मनिपुर पुलिस स्पोर्टस् क्लबसँग मे ६ मा खेल्नेछ । यस्तै मे ८ मा बेङ्गरुलु युनाइटेड फुटबल क्लब, १० मा साई एसटीसी काट्टेक , १२ मा एफसी कोल्हापुर सिटी, १६ मा सिआरपीएफ टिमसँग खेल्नेछ । यस्तै समूहको अन्तिम खेलमा मे १८ मा बारुदा फुटबल एकेडेमीसँग खेल्नेछ ।

दुवै समूहका विजेता र उपविजेता टिम सेमिफाइलनमा पुग्ने छन् । लिगकै लागि सेथु क्लबले भारतीय चर्चित खेलाडी टिममा भित्राएको छ । उसले विराटनगरमा भएको साफ च्याम्पियन जिताउन महत्वपुर्ण भुमिका निर्बाह गरेका खेलाडी भित्राएको छ ।

सेथुले स्ट्राइकर रतन बला देबी सहित सन्ध्या, डाग्मी गार्सि र डिफेन्डरमा स्विटि देबी भित्राएको छ ।


 

More form the Internet

loading...