Suvadin, Home

आईसीसी वरियतामा सोमपाल र बसन्तको सुधार, कप्तान पारस यथावत

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।

काठमाडौं, बैशाख १८ -  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको टी(ट्वान्टी क्रिकेटको नयाँ वरियतामा नेपालका ३ खेलाडी अटाएका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औं स्थानमा रहेका छन्  । कप्तान पारस वरियतामा यथावत रहेका हुन् । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठुलो वरियता हो । 

कप्तान पारस अलराउण्डरमा भारतका रोहित शर्मा भन्दा अघि रहेका छन् । रोहित ४० औं स्थानमा रहेका छन् ।

अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल एक स्थान सुधार गर्दै ४९ औं स्थानमा उक्लिएका छन् ।  यसअघि सोमपाल ५० औं स्थानमा रहेका थिए ।

यस्तै कप्तान पारस ब्याटिङतर्फ तीन स्थान तल झरेका छन् । पारस ९५ औं स्थानमा रहेका छन्  । अघिल्लो महिना पारस ९२ औं स्थानमा थिए । 

बलिङको वरियतामा सोमपाल र बसन्तले सुधार गरेको छ । समान ४०९ अंक पाएका सोमपाल ६८ र बसन्त ६९ औं स्थानमा रहेका छन्  । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा रहेका थिए । 

आईसीसी टिम वरियतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।


 

More form the Internet

loading...