Suvadin, Home

Cover Image

१३औं सागको लोगो र मस्कट सार्वजनिक, दशरथ रंगशाला साउनसम्म बन्ने दाबी

यहि महिना सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।  

काठमाडौं, बैशाख ३० - नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता  (साग)को लोगो र मस्कट सार्वजनिक गरिएको छ। 

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुने सागको लोगो र मस्कट विराटनगरका भोलानाथ पौड्यालले डिभिजन गरेका हुन्। लोगो र मस्कट ६ जनाले पठाएकोमा पौड्यालको उत्कृष्ट ठहर भएको हो। लोगो र मस्कट बनाएमार्तफ उनलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ। 

सागको मस्कट कृष्णसार रहेको छ भने लोगोमा परेवाको आकृति छ। लोगोको पृष्ठभूमिमा रहेको रंगले स्वच्छन्त रुपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र हाम्रो देशलाई प्रतिनिधित्व गराउने हिमाल रहेको छ।

यस्तै देब्रेतर्फ परेवाको प्वाँखाकृतिले माथितरि उडन गति प्रदशा गरिरहेको डिजाइनर पौड्यालको भनाइ छ। यस्तै सात प्वाँखले रंगशालाले ट्रेक समेतलाई दर्शाउँछ भने त्यसमा प्रयुक्त रंगे सम्बन्धित राष्ट्रको झन्डा समेतङ्को प्रतिनिधित्व गरेको उनको भनाइ छ।

यहि महिना सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए।  

सागमा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ। उनले आगामी भदौंमा राखेप च्याम्पियनसिप आयोजना गर्ने र त्यहाँ उत्कृष्ट खेल्ने खेलाडीले पनि साग भाग लिन पाउने अवसर भएको बताए। 

 

 

 


 

More form the Internet

loading...