Suvadin, Home

Cover Image

पहिलाे खेलमै नेपाल भारतसंग पराजित

 

काठमाडौं, जेठ १ - एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । बुधबार भएको उद्घाटन खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो ।

किर्तिपुरस्थित टियु मैदानमा नेपालले दिएको १४१ रनको लक्ष्य भारतले १५ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा गौरब विश्वनाथले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले  ।

यस्तै प्रशुराम देशाईले १९ रन जोड्दा निकुलले १६ तथा सौरभ मलिकले १४ रन बनाए  । नेपालका विपिन पौडेल, राजु कटवाल, यम बहादुर श्रेष्ठ र डम्बर मगरले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विपिन पौडेलले अविजित ३३ तथा रमेश खत्रीले १५ रन बनाए ।

पहिलो पटक आयोजना भएको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्  । लिग चरणको खेलपछि शीर्ष २ टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ट्रफी र मेडल प्राप्त गर्ने छन्  ।

 


 

More form the Internet

loading...