Suvadin, Home

Cover Image

विजेताले उपाधिका लागि संकटासँग प्रतिस्पर्धा गर्ने
भरतपुर गोल्डकपको दोस्रो सेमिफाइनलमा झापा र एपीएफ भिड्दै

सेमिफाइनलमा एपीएफले माफसलको वीरगञ्ज युनाईटेडलाई तथा मोफसलको झापाले ए डिभिजन क्लब च्यासललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

Author's Commentary

उपाधि विजेता टोलीले ६ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्नेछन् ।  

Sb Saud |

काठमाडाैं, जेष्ठ २ - चितवनमा जारी भरतपुर गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज झापा–११ र बिभागीय टोली नेपाल एपीएफबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशको लक्ष्यमा रहेका दुबै टोली शसक्त प्रर्दशनसँगै उपाधि नजिक पुग्ने योजनामा रहेका छन् ।

सेमिफाइनलमा एपीएफले माफसलको वीरगञ्ज युनाईटेडलाई तथा मोफसलको झापाले ए डिभिजन क्लब च्यासललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् । सेमिफाइनल भिडन्त नारायणगढस्थित क्याम्पाचौर मैदानमा अपरान्ह ४ बजे सुरु हुनेछ ।

आजको विजेताले गोल्डकपको उपाधिका लागि शनिबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।  यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा घरेलु टोली चितवन–११ लाई टाईब्रकेरमा ४–२ गोलले हराउँदै संकटा उपाधि नजिक पुगेको थियो । भरतपुर गोल्डकपको उपाधि विजेता टोलीले ६ तथा उपविजेता टोलीले ३ लाख रुपैयाँ हात पार्नेछन् ।  

 

 


 

More form the Internet

loading...