Suvadin, Home

हाजार्ड युरोपकै उत्कृष्ट खेलाडीः प्रशिक्षक माउरिजिओ सार्री

सार्रीले भने, ‘हामी अब युरोपको सबै भन्दा उत्कृष्ट खेलाडी मध्य एकको बारे कुरा गर्दै छौ। तर, मेरो सुझावमा उनी अझै आफुलाई सुधार गर्न र पहिलो खेलाडी बन्न सक्ने छन्। यदि उनले आफ्नो दिमागमा निर्भर रहँदै उत्कृष्ट टेक्निक स्किल र उत्कृष्ट स्कोरमा ध्यान दिए।’ हाजार्ड चेल्सीमा ६ वर्षदेखि निरन्तर लयमा छन्। जो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सकिने छ।

काठमाडाैं, ३ भदाै – बेल्जियम तथा चेल्सीका विंगर इडेन हाजार्डलाई चेल्सीका मुख्य प्रशिक्षक माउरिजिओ सार्रीले युरोपकै उत्कृष्ट खेलाडीमध्यका एक भएको बताएका छन्। यदि उनले युरोपकै उत्कृष्ट खेलाडी बन्न चाहेको खण्डमा बन्न सक्ने सार्रीले बताएका हुन्।

सार्रीले भने, ‘हामी अब युरोपको सबै भन्दा उत्कृष्ट खेलाडी मध्य एकको बारे कुरा गर्दै छौ। तर, मेरो सुझावमा उनी अझै आफुलाई सुधार गर्न र पहिलो खेलाडी बन्न सक्ने छन्। यदि उनले आफ्नो दिमागमा निर्भर रहँदै उत्कृष्ट टेक्निक स्किल र उत्कृष्ट स्कोरमा ध्यान दिए।’ हाजार्ड चेल्सीमा ६ वर्षदेखि निरन्तर लयमा छन्। जो लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गर्न सकिने छ।

हाजार्डले विश्वकपमा गरेको मजबुत प्रदर्शन यस सिजन प्रिमियर लिगमा पनि निरन्तरता दिने आशा गरिएको छ। २७ वर्षीय हाजार्ड चेल्सीमा आफ्नो प्रिमियर लगको सातौं सिजनको शुरुआत गर्दै छन्। उनले दुई पटक प्रिमियर लिग जितेका छन्। उनले रुस विश्वकपमा बेल्जियमलाई सेमिफाइनल सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

रुस विश्वकपमा बेल्जियमलाई तेस्रो स्थान दिलाएका उनले एक नयाँ चुनौतिका लागि तयार रहेको संकेत दिएका छन्। हाजार्डलाई रियलले पछ्याइ रहेको थियो। तर, उनी यो सिजन चेल्सीमै बस्ने बताएका छन्। उनको चेल्सीमा अझै २ वर्षको सम्झौता बाँकी रहेको छ।


 

More form the Internet

loading...