Suvadin, Home

अन्तर्राष्ट्रिय महिला फुटबल
नेपाल पहिलो खेलमा म्यानमारसँग भिड्ने

सुरुमा नेपाल, भारत श्रीलंका र म्यानमार सहभागी हुने भनिए पनि अन्तिममा श्रीलंका सहभागी भएको छैन्। श्रीलंकाको ठाउँमा इरानलाई सहभागिता गराइएको हो। साफ च्याम्पियनिसपको तयारीमा रहेको नेपाली महिला टिमले दोस्रो खेलमा २८ गते भारतसँग खेल्ने छ।

काठमाडौं, १९ माघ – भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले पहिलो खेल म्यानमारसँग भिड्ने भएको छ। भारतीय फुटबल महासंघले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार २६ गते उद्घाटन खेलमा इरान र भारत भिड्नेछन्। 

त्यसै दिन नेपाल र म्यानमारको खेल हुने छ। सुरुमा नेपाल, भारत श्रीलंका र म्यानमार सहभागी हुने भनिए पनि अन्तिममा श्रीलंका सहभागी भएको छैन्। श्रीलंकाको ठाउँमा इरानलाई सहभागिता गराइएको हो। साफ च्याम्पियनिसपको तयारीमा रहेको नेपाली महिला टिमले दोस्रो खेलमा २८ गते भारतसँग खेल्ने छ।

समूह चरणको अन्तिम खेलमा फागुन १ गते इरानसँग खेल्ने छ। राउण्डरोबिन लिग अनुसार प्रतियोगिताको शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। विराटनगरमा हुन लागेको साफ च्याम्यिनसिपको तयारीका लागि नेपाली महिला टिम झापामा रहेको छ। उतैबाट मंगलबार प्रतियोगिताका लागि भारत जाने छ। 

नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन्। 

पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला टोली पूर्वराष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा छ।


 

More form the Internet

loading...