Suvadin, Home

तीन वर्षपछि एकदिवसीय क्रिकेट हुने
पहिलो पटक क्रिकेट खेलाडीको लगत राखिदै

नेपाली क्रिकेटरकोे पहिलो पटक लगत (डाटाबेस) राखिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) को व्यवस्थापनमा आउँदो जेठ ९ गतेदेखि हुन लागेको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि खेलाडीको डाटाबेस राख्न लागिएको हो।  ‘नेपालमा कति संख्यामा क्रिकेट खेलाडी छन्, हामीसँग एकीन तथ्यांक छैन,’ निलम्बित क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) का कार्यसञ्चालन अधिकृत छुम्बी लामाले भने, ‘खेलाडीको लागत राखिदा कुल संख्या, व्यक्तिगत विवरण, कुन क्षेत्रमा कति खेलाडी र उनीहरूको विशेषता सजिलै पत्ता लगाउन सकिनेछ।’
धनगढी प्रिमियर लिगमा अनलाइन रजिष्ट्रेशन गर्दै पारस खड्का। फाइल तस्बिर।

काठमाडौं, जेठ ३ - नेपाली क्रिकेटरकोे पहिलो पटक लगत (डाटाबेस) राखिने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) को व्यवस्थापनमा आउँदो जेठ ९ गतेदेखि हुन लागेको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि खेलाडीको डाटाबेस राख्न लागिएको हो।  

‘नेपालमा कति संख्यामा क्रिकेट खेलाडी छन्, हामीसँग एकीन तथ्यांक छैन,’ निलम्बित क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) का कार्यसञ्चालन अधिकृत छुम्बी लामाले भने, ‘खेलाडीको लागत राखिदा कुल संख्या, व्यक्तिगत विवरण, कुन क्षेत्रमा कति खेलाडी र उनीहरूको विशेषता सजिलै पत्ता लगाउन सकिनेछ।’

प्रतियोगिताका लागि देशभरिबाट अनलाइन रजिष्ट्रेशन खुला गरिने भएको छ। त्यसको जिम्मेवारी ईसेवालाई दिइएको छ। इसेवाले उपलब्ध गराएको युजर नेम र पासवर्ड प्रयोग गरेर खेलाडीले रजिष्ट्रेशन गर्न सक्छन्। जसमा उनीहरुको फोटोसहितको व्यक्तिगत विवरण हुनेछ। जसले कुन उमेर समूहका खेलाडीहरु कति छन् भन्नेपनि जानकारी हुने लामाले बताए। 

निजी क्षेत्रबाट भने नेपालमा खेलाडीको अनलाइन रजिष्ट्रेशन यसअघि नै धनगढी क्रिकेट एकेडेमीले सुरु गरेको थियो। अघिल्लो महिना सम्पन्न भएको धनगढी प्रिमियर लिगको अक्सनका लागि धनगढी क्रिकेट एकेडेमीले देशभरिका खेलाडीलाई अनलाइन आवेदन आह्वान गरेको थियो। 

तीन वर्षपछि एकदिवसीय प्रतियोगिता हुने

सन् २०१४ को अन्त्यमा क्यानको किचलोका कारण आईसिसीबाट अनुदान रोकिएसँगै हुन नसकेको एकदिवसीय क्रिकेट प्रतियोगिता तीन वर्षपछि जेठ ९ गतेबाट हुने भएको छ। राखेपको आयोजना र केसिटीसीको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कपले घरेलु क्रिकेटको शून्यता चिर्ने प्रयास गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको व्यवस्थापकीय तयारी सुरु भइसकेको केसिटिसीका सञ्चालक तथा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले बताए। ‘हामीले यसअघि पनि रुस्लानकप जस्ता राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालन गरिसकेका छौ,’ मल्लले भने, ‘त्यसैले सजिलै प्रधानमन्त्री कपको व्यवस्थापन गर्नेमा हामी ढुक्क छौ।’

प्रधानमन्त्री कपले खेलाडीहरुलाई म्याच एक्सोजर गराउन मदत पुर्याउन उनले विश्वास व्यक्त गरे। 

प्रतियोगिताको पहिलो संस्करणमा पाँच विकास क्षेत्र र तीन विभागीय टोली गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुबै समूहका शीर्ष दुई टोलीले सेमीफाइनल खेल्नेछन्।

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उप विजेताले १० लाख पाउनेछन् भने सेमिफाइनलमा पराजित हुने बाँकी दुई टोलीले ५० हजार रुपैयाँका दरले पाउनेछन्। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट ब्याट्सम्यान र बलरले ५० र ५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रुपैयाँ नगद हात पार्नेछन्। प्रत्येक खेलका म्यान अफ दी म्याच ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक राखेपले जनाएको छ। 

‘आइसिसीले क्यान निलम्बन गरेपछि नेपाली घरेलु क्रिकेट लगभग ध्वस्तको अवस्थामा थियो, राखेप सदस्य सचिब केशव विष्टले भने, ‘त्यसलाई चिर्ने अग्रसरता हामीले लिएका छौ। यसले क्रिकेट खेल तथा  खेलाडीको विकासमा सहयोग पुग्ने बिष्टको विश्वास छ।’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले तीन वर्षपछि हुन लागेको एक दिवसीय प्रतियोगितामा थप नयाँ प्रतिभाहरु निकाल्न सहयोग पुर्याउने बताए। यसअवधीमा हामीले सिमित खेलाडीहरुबाटै राष्ट्रिय टोलीका लागि खेलाडी छनौट गर्नुपर्ने बाध्यता थियो, टमाटाले भने, प्रतियोगिताबाट अक्टोबर हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको हङकङविरुद्ध हुने खेलका लागि पनि खेलाडीहरु छनौट गर्न सहयोग पुग्नेछ। 
 

 


 

More form the Internet

loading...